विमानस्थल सञ्चालन राज्यकै प्राथमिक जिम्मेवारी: मन्त्री ढकाल
भैरहवा । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा राज्यको भएको स्पष्ट पारेका छन् । नेपाल चेम्बर अफ कमर्स र टक्सार म्यागेजिनको आयोजनामा भैरहवामा आयोजित गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले विमानस्थल सञ्चालन गर्ने कि नगर्ने भन्ने विषय कर्मचारीको नभई राज्यकै प्राथमिक जिम्मेवारी भएको बताए ।
उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनमा महत्वाकांक्षी योजना अघि सारेको जानकारी गराउँदै “घुम्न जाऔं लुम्बिनी” अभियान सञ्चालन गरिरहेको बताए । उक्त अभियानले देशी–विदेशी पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्दै मन्त्री ढकालले पर्यटनको विकासका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिए ।
तपाईंको प्रतिक्रिया