कक्षा १२ को परीक्षा फाराम खुल्यो
काठमाडौं | राष्ट्रिय परीक्षा बोर्ड (कक्षा ११ र १२) ले कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । २०८२ सालमा सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र आशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अड्क ७८, ७९ र ८० भएका परीक्षार्थीहरू तर्फका परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्न भनिएको हो ।
फाराम बोर्डद्वारा जारी गरिएको शैक्षिक सत्र २०८१/०८२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भए अनुसार नै २०८१ साल पौष मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न र सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८१ माघ १५ गतेसम्म विलम्ब शुल्क सहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम बुझाउन भनिएको छ ।




तपाईंको प्रतिक्रिया