शिक्षक सङ्गठन दाङको नवनिर्मित भवनको उद्घाटन

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी दाङको नवनिर्मित भवनको उदघाटन गरिएको छ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले घोराही १४ मा बनेको भवनको उद्घाटन गरेका हुन । शिक्षक सङ्गठन दाङका अध्यक्ष मीनराज शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दैमहासचिव पोखरेलले समाज रुपान्तरणमा मा शिक्षकको भूमिका महत्त्वपूर्ण रहको हुदा विद्यार्थीलाई नेपालमै केही गरौं भन्ने भावना विकास गर्न पनि अग्रसर हुनुपर्ने बताएका थिए ।
त्यस अवसरमा प्रस्तावित शिक्षा ऐन एवं शैक्षिक सुशासन सम्वन्धि अन्तर्क्रिया समेत भएको थियो । शिक्षा ऐनमा उल्लेखित बुदाहरुमा छलफल भएको थियो । सबै पालिका अध्यक्षहरूको तर्फबाट जिल्ला अध्यक्ष मिनराज शर्माले संयुक्त रूपमा प्रश्नहरू राखेका थिए । उनले निर्वाचित जनप्रतिनिधि र शिक्षकहरुको सम्बन्ध सुमधुर बनाउन नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।
उपाध्यक्ष जित बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव धनिराम केसीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया