जन्मदिनको अवसरमा आगलागी पीडितलाई आर्थिक सहयोग

दाङ । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच.आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सवमा स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत पुगोस्, भन्ने उद्देश्यले थोरै सहयोग गरेको उनले बताए । उनले विगतका वर्षहरूमा पनि जन्मदिन विभिन्न समाजिक कार्य गरि मनाउने गरेको थिए । तर, यस पटक सल्यान जिल्लामा भएको घटनाले दुखी बनाएको हुदा आगलागी पीडितलाई सहयोग गरेको उनले बताए । आफ्नो जन्मदिनको अवसरमा मगरले आगलागी पीडितहरूलाई सहयोग गरेको भन्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यान अध्यक्ष तथा महोत्सव संयोजक प्रेमनारायण विकले धन्यवाद व्यक्त गरेका छन् ।
तपाईंको प्रतिक्रिया