तुलसीपुर खानेपानी निर्वाचन : ४९२८ मत खस्याे

 चैत ०१, २०८१

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । अरनिको मैदानमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो ।

निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालका अनुसार दिउसाे २:४५ बजेसम्म ४ हजार ९ सय २८ मत खसेकाे छ । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक धितालले बताउनुभयो ।

मतदान बेलुका साढे ४ बजेसम्म हुने तालिका छ । निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रसहित सात दलबाट सीताराम शर्मा चुनावी मैदानमा रहनुभएको छ ।

तपाईंको प्रतिक्रिया