सल्यानमा चटयाङ लागेर एक बालिकाको मृत्यु

सल्यान | सल्यानमा चटयाङ लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर तीन जना घाइते भएका छन् । आइतबार दिउँसो ४.३० बजेतिर जिल्लाको कालिमाटी गाउँपालिका-६ ढोरेनीनजिकै वर्ष ६९ का चन्द्रबहादुर घर्तीको घरमा चटयाङ पर्दा वर्ष १३ की करिष्मा घर्तीको मृत्यु भएको हो । घाइते बालिकाको उपचारका लागि मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार चटयाङका कारण वर्ष ७९ का चन्द्रबहादुर घर्ती, वर्ष ४५ का विष्णु खडका र वर्ष २० का डम्मरबहादुर खडका घाइते भएका छन् । घाइते सबैको मेहलकुना अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए ।
तपाईंको प्रतिक्रिया