तुलसीपुरका सुनचाँदी पसल मंगलवार बन्द हुने

 बैशाख ०१, २०८२

तुलसीपुर । तुलसीपुर बजार क्षेत्रका सुनचाँदी व्यवसायीहरु मंगलवार बन्द हुने भएका छन् । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष मनोज शाह र महासचिव तुलसीराम सुनारले सोमवार एक शोक व्यक्तव्य जारी गर्दै बैशाख २ गते सम्पुर्ण पसल बन्द गर्न अपिल गर्नुभएको छ ।

संघमा आबद्ध सुनचाँदी ब्यवसायी अनिमा सुनचाँदी पसलका प्रोप्राईटर रामकुमार ( कुमार ) गदालका ससुराबुबा तथा पुराना ब्यवसायी प्रेम सुनचाँदी पसलका प्रोप्राईटर मनबहादुर सुनार र दिपा सुनचाँदी पसलका प्रोप्राईटर भिमबहादुर सुनारको श्रीमती अन्जु सुनारको दुखद निधन भएको शोकमा एक दिन पसल बन्द गर्न अपिल गरिएको छ ।संघले दुवै जना व्यवसायीहरुको दुखद निधन भएको प्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरी शोकाकुल परिवारजनमा गहिरो संमवेदन प्रकट गर्दछ ,जारी बक्तव्यमा भनिएको छ ।

संघका महासचिव सुनारका अनुसार व्यवसायी मनबहादुर सुनारको २०८१ चैत २७ गते र अन्जु सुनारको २०८२ बैशाख १ गतेका दिन दुखद निधन भएको हो ।

तपाईंको प्रतिक्रिया