अमर माध्यमिक विद्यालयमा दलित विद्यार्थीलाई पोशाक वितरण

 जेठ २२, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले अमर मा वि उरहरीका दलित वालवालिकालाई पोशाक वितरण गरेको छ । वडाले बार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाक वितरण गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा पोशाक वितरण गरिएको भएको हो । अभिभावक माया विश्वकर्माले वडाले निशुल्क रुपमा पोशाक दिदा खुसी ब्यक्त गरिन ।

दलित बालबालिकाको पढाईमा थप प्रेरीत गर्न सम्मान स्वरुप पोशाक तयार पारि वितरण गरिएको वडाध्यक्ष मान बहादुर रावतले बताए । विद्यालयमा अध्ययनरत ८२ जना वालवालिकाले पोशाक पाएका थिए । कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक यज्ञ बहादुर अधिकारी,वडासदस्य प्रभा परियार लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण बसन्त परियारले गरेका थिए । वडाले यस अघि माध्यमिक विद्यालय नवलपुर र आवि कँटाहामा पोशाक वितरण गरेको थियो ।

तपाईंको प्रतिक्रिया