गौशालामा रहेका पशुको उपचार
तुलसीपुर । तुलसीपुर १३ अम्बापुरमा रहेको तुलसी गौशालामा रहेका पशुको उपचार गरिएको छ । वडा नम्बर ११ स्थित अमर मावि उरहरीमा पशु विज्ञान कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले एक सय बढि पशुको चेकजाच संगै उपचार गरेका हुन । विद्यालयबाट औजार तथा औषधि बोकेर गएका विद्यार्थीले उपचार गरेका हन ।

विद्यालयका कार्यक्रम संयोजक डाक्टर छविकिरण अधिकारी सहित गएका विद्यार्थीले गौशालामा रहेका पशुको अवस्थाबारे जानकारी समेत लिएका थिए । विद्यालयले विद्यार्थीमा सिप विकास सगैं गौशालामा सहयोग गर्ने हिसावले नि:शुल्क शिविर गरि उपचार गरेको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए । नि:शुल्क रुपमा पशुको उपचार गरेकोमा गौशाला ब्यवस्थापन समितिले धन्यवाद ब्यक्त गरेको थियो ।



तपाईंको प्रतिक्रिया