साउनको २९ गतेदेखि ग्रेड बृद्धि परीक्षा हुने

 असार १३, २०८२

काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि ग्रेड बृद्धि परीक्षा हुने भएको छ । परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि ग्रेड बृद्धि परीक्षा दिन पाउने जनाएको हो ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

तपाईंको प्रतिक्रिया