एमाले तुलसीपुरले पुष्पलाल स्मृति दिवस मनाउँदै

 साउन ०७, २०८२

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस भोली मनाईदै छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । यता तुलसीपुरमा पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पन गरि स्मृति दिवस मनाउने कार्यक्रम रहेको छ ।

नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका कमिटीको आयोजनामा श्रावण ७ गते विहान ८ बजे कार्यक्रमको आयोजना गरिएको नगर कमिटि अध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिए । उनले उक्त कार्यक्रममा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता,जनप्रतिनिधि , शुभेच्छुक शुभचिन्तक ,समाजसेवी बुद्धिजीवी, ,उद्योगी व्यवसायी ,पत्रकार लगायत सबैमा उपस्थितीको लागि अनुरोध गरेका छन ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया