एमाले जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठक

 कार्तिक २५, २०८२

तुलसीपुर । नेकपा (एमाले) जनवर्गीय संगठन समन्वय संयन्त्र दाङको बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ। समन्वय संयन्त्र दाङका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसी प्रमुख अतिथि रहनु भयो। बैठकलाई सम्बोधन गर्दै केसीले पार्टीका सबै नेता तथा कार्यकर्ताले समानरूपमा संगठन र जनताको बीचमा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशलाई सहि निकास दिन सक्ने एक मात्र पार्टी एमाले भएको बताउँदै आगामी पालिका जनपरिचालन कार्यक्रम र युवा जागरण अभियानमा पूर्ण समर्पणका साथ जुट्न निर्देशन दिनुभयो ।  बैठकका अध्यक्ष एवम् संयन्त्रका संयोजक बुढाथोकीले कात्तिक २५ गते हुने पालिका जनपरिचालन कार्यक्रम र २७ गते तुलसीपुरमा आयोजना हुने राष्ट्रिय युवा संघको प्रदेशस्तरीय जागरण सभालाई सफल बनाउन सम्पूर्ण जनवर्गीय संगठनलाई सक्रिय रहन आग्रह गर्नुभयो ।

बैठकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्यहरू हुकुमबहादुर बस्नेत, कृष्णप्रसाद भुसाल, लिला बिक, बिनोद शर्मा, राष्ट्रिय युवा संघका लुम्बिनी प्रदेश इन्चार्ज देबु बस्नेतलगायतले मन्तव्य राख्नुभएको थियो ।  पार्टीको केन्द्रीय निर्देशन अनुसार दाङका सबै १० वटै पालिकामा पालिकास्तरीय जनपरिचालन कार्यक्रम सञ्चालन हुँदैछ ।

सोही क्रममा राष्ट्रिय युवा संघ नेपालले तुलसीपुरमा प्रदेशस्तरीय जागरण सभा गर्ने तयारी गरेको छ , जसलाई नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेत, र वर्तमान अध्यक्ष क्षितिज थेवेसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकको सहजीकरण प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया