प्रतिगामी षडयन्त्र विरुद्ध एमालेको जनप्रदर्शन
तुलसीपुर । नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम अन्तरगत दाङका स्थानिय पालिकामा र्याली तथा कोणसभा गरी प्रदर्शन गरिएको छ । प्रतिगामी षडयन्त्रका बिरुद्ध जनप्रदर्शन कार्यक्रममा नेता तथा कार्यकर्ताको उत्साहपुर्ण सहभागिता रहेको थियो । तुलसीपुरमा एमालेको पार्टि कार्यालयबाट सुरु भएको र्याली बजार परीक्रमा गरि विपि चोकमा कोणसभा भएको थियो ।

नगर अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षता तथा केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा सभा भएको थियो । त्यस अवसरमा बोल्दै केन्द्रीय सदस्य ओलीले असबैंधानिक सरकारबाट निर्वाचन हुनै नसक्ने ठोकुवा गरिन् । एमाले देशकै ठुलो पार्टि भएको भन्दै निर्वाचनबाट पछि नहट्ने उनले बताईन् ।
कार्यक्रममा जिल्ला सचिव श्याम डाँगीले एमाले सधै नेपाली जनता र राष्टियताको पक्षमा सधै रहेको बताएका थिए । कोणसभाको सहजिकरण नगर सचिव जित बहादुर खड्काले गरेका थिए ।



तपाईंको प्रतिक्रिया