अम्बेश्वरी विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ अम्बापुर स्थित अम्बेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा निर्माण भएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गिता केसी बुढाथोकीको अध्यक्षता तथा स नेपाली काँग्रसका नगर सभापति सुरेश हमालको प्रमुख आतिथ्यमा मन्दीरको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी हमालले बालबालिकाको भविष्य सम्झीदै सामुदायिक विद्यालय सुधारमा लाग्नुपर्नेमा जोड दिएका थिए । अभिभावकको सकृयता तथा शिक्षक र विद्यार्थीको मेहनतबाट शैक्षिक सुधार हुने हुदा यस तर्फ सम्बन्धित सबैको ध्यान जानुपर्नेमा उनको जोड थियो । विद्यालयका प्रधानाध्यापक थानेश्वर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ठ अतिथीहरु समाजसेबी जागेश्वर वली, राप्ती परोपकार संघ नेपालका उपाध्यक्ष गोरख वली लगायतले बोलेका थिए ।
विद्यालयमा सरस्वतीको मन्दीरको आवस्यता देखेपछि शिक्षक अभिभावक संघका सदस्य प्रकाश विकले प्रयास थालेको थिए । उनी मन्दीर निर्माणको पहलका लागि शुरेस हमाल कहा पुगेका थिए । तत्पश्चात हमालको नेतृत्वमा मन्दीर निर्माण तथा मुर्ति स्थापना भएको थियो ।
उद्घाटन अवसरमा विभिन्न सहयोगी दाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक निम बहादुर न्यौपानेले गरेको विद्यालयका कर्मचारी किरण परियारले जानकारी दिए ।



तपाईंको प्रतिक्रिया