सुन आज २० हजार ५०० ले घट्यो
काठमाडौं ।
स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको हो । हिजो (बिहीबार) प्रति तोला सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ रहेकोमा आज (शुक्रबार) तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसरी सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँ घटेको छ ।
यसैगरी, हिजो प्रति तोला चाँदी सात हजार ५०५ रुपैयाँ रहेकोमा आज सात हजार ६५ रुपैयाँ झरेको छ। चाँदीको मूल्य ४४० रुपैयाँ घटेको हो।



तपाईंको प्रतिक्रिया