एमालेको घरदैलोमा मतदाता उत्साहीत
तुलसीपुर । आगामी फागुन २१ को निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुले चुनावी गतिविधि तिब्र बनाएका छन् । दल तथा स्वतन्त्र उमेदवार मतदाता भेटघाटमा व्यस्त रहेका छन् । निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नका लागि उमेदवारले नागरिकमाझ विभिन्न प्रतिवद्धता गरिरहेका छन् ।
यसैक्रममा दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका घनश्याम पाण्डेको पक्षमा मत माग्नको लागि घरदैलो सुरु भएको छ । आगामी निर्वाचनमा पाण्डेलाई विजयी बनाउन वडा तहमा घरदैलो थालिएको छ । तुलसीपुर ११ नम्बर वडा कमिटिले आज बेलटाकुरा लगायतका गाउमा पुगेर मतदाता संग मत मागेका छन । २०७४ मा मेयर हुदा घनश्याम पाण्डेले गरेका कामहरुको अवगत गराउदै सुर्य चिन्हमा मतदान गर्न आव्हान गरेका छन । मतदाता भेटघाटमा वडाध्यक्ष समेत रहेका एमालेका नेता मान बहादुर रावतलाई एमालेले जनताको आवस्यकता पुरा गरेको भन्दै जिताउने बाचा गरेका छन ।
एमाले सरकारले सडक,सिचाई,पर्यटकिय क्षेत्रमा उल्लेख्य काम गरेको घरदैलो कार्यक्रममा मतदाता उत्साहीत भई प्रशंसा गरेका थिए । पाण्डेले मेयर हुदा सुत्केरी महिला,छोरी कार्यक्रम,शिक्षा, श्वास्थ्य र सडक पुर्वाधारमा काम गरेको भन्दै जितको शुभकामना दिएका थिए ।



तपाईंको प्रतिक्रिया