दाङमा ७ हजार ८ सय किशोरीलाइ पाठेघर क्यान्सरविरुद्धको खोप

 फागुन ०६, २०८२

दाङ । दाङमा पाठेघर मुखकाे क्यान्सरविरुद्ध सञ्चालन गरिएको एचपिभी खोप अभियानमा लक्ष्यभन्दा बढी किशोरीले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय दाङका अनुसार ७ हजार ८ सय २९ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ७ हजार ८ सय ३७ जनाले खोप लगाएका हुन्। खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार ७ हजार ३ सय ८ जना नियमित र गत वर्ष छुटेका ४ सय ४९ जना किशोरीलाई खोप लगाइएको हो। अभियान माघ २५ देखि फागुन १ गतेसम्म दुई चरणमा सञ्चालन गरिएको थियो ।

स्थानीय तहगत रूपमा तुलसीपुर उपमहानगरपालिकामा २ हजार १ सय ४६,घोराही उपमहानगरपालिकामा २ हजार ६ सय ९१, , लमही नगरपालिकामा ६ सय २१, गढवा गाउँपालिकामा ४ सय २०, बङ्गलाचुली गाउँपालिकामा २ सय ८०, राजपुर गाउँपालिकामा २ सय ६८, राप्ती गाउँपालिकामा ६ सय ४३, शान्तिनगर गाउँपालिकामा ३ सय ४८, बबई गाउँपालिकामा ३ सय २६ र दंगीशरण गाउँपालिकामा १ सय ९४ जना किशोरीले खोप लगाएका छन्। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १०सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया