विद्यालय कर्मचारी परीषद् तुलसीपुरको अध्यक्षमा किरण नेपाली

 फागुन ०९, २०८२

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् तुलसीपुरको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । तुलसीपुर -७ मा रहेको राप्ती शान्ती उद्यान पार्कमा सम्पन्न अधिबेशनले किरण नेपालीको अध्यक्षतामा ९ सदस्यीय नँया कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । जस्को उपाध्यक्षमा शोभा थापा, सचिवमा सरोज खनाल,कोषाध्यक्षमा विष्णु गिरी र सहसचिवमा संगीता चौधरीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा सुरज चौधरी, शोभाराम वली,भागिराम चौधरी र सर्मिला चौधरी रहेका छन् । नगर अध्यक्ष मिना भण्डारीको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव डम्बर वलीको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष तप्त प्रसाद शर्मा र नगर सल्लाहकार मित्रलाल शर्माको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि उपमहासचिव डम्बर वलीले आफ्ना हक अधिकार तथा मागबारे कर्मचारी एकताका साथ अघि बढ्नुपर्ने बताएका थिए । त्यसैगरी अन्य बक्ताहरुले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु संगठित भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

नगर उपाध्यक्ष पार्वती चौधरीको स्वागत मन्तव्य तथा जिल्ला सहसचिव किरण नेपालीको विषय प्रबेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य अरुण कुमार नेपालीले गरेका थिए ।

 

 

तपाईंको प्रतिक्रिया