होलीको दिन दाङमा तालमा डुबेर एक किशोरको मृत्यु
दाङ । दाङमा होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



तपाईंको प्रतिक्रिया