अप्टिमिष्ट क्लबको भित्तेपात्रो बिमोचन
तुलसीपुर । अप्टिमिस्ट क्लब अफ तुलसीपुरले भित्तेपात्रो विमोचन गरेको छ । शनिबार तुलसीपुरमा कार्यक्रम गरि पात्रो विमोचन गरिएको हो । अध्यक्ष नोबेल डीसीको अध्यक्षता तथा समाजसेवि युवा सुरेश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम गरि पात्रो विमोचन गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि हमालले सामाजिक संस्थाहरुले समाजलाई सकारात्मक मार्गमा लगेको बताए ।
त्यस अवसरमा अप्टिमिस्ट क्लबकाे केन्द्रिय कोषाध्यक्षमा निर्वाचित भएकोमा यस क्लबका संस्थापक अध्यक्ष मानबहादुर बस्नेतलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो । त्यस्तै सहयोगीदाताहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष कमल प्रकाश शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष विष्णु योगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दीपक बोहराले गरेका थिए ।



तपाईंको प्रतिक्रिया