दैनिक १० मिनेट हिँड्दा पनि स्वास्थ्यलाई फाइदा

 ४ घण्टा अगाडि

काठमाडौं । दैनिक केही समय छिटो हिँड्दा स्वास्थ्यलाई धेरै फाइदा हुने अध्ययनले देखाएको छ। दैनिक १० मिनेट छिटो हिँड्दा अकाल मृत्युको जोखिम ७ प्रतिशतसम्म घट्न सक्छ। २० मिनेट हिँड्दा जोखिम १३ प्रतिशत र ३० मिनेट हिँड्दा १७ प्रतिशतसम्म घट्ने अध्ययनमा उल्लेख छ।

त्यस्तै, दैनिक ३० मिनेट हिँड्दा मुटु स्वस्थ राख्न सहयोग पुग्छ। खाना खाएपछि १५ मिनेट हिँड्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि मद्दत गर्छ।

त्यसैले स्वस्थ रहन दैनिक केही समय हिँड्ने बानी बसाल्नु राम्रो मानिन्छ।

तपाईंको प्रतिक्रिया