कलेजका शिक्षक, जो बनाउँछन् ‘बदिया भाले’, कमाउँछन् वार्षिक लाखौँ रुपैयाँ

 १४ घण्टा अगाडि

तुलसीपुर । शिक्षण पेसा आफैँमा सम्मानित पेसा हो। यद्यपि दाङको तुलसीपुर उपमहानगरपालिका–१८ निवासी ३३ वर्षीय राजन लामिछाने शिक्षण पेसासँगै कृषि व्यवसायमा पनि उत्तिकै सक्रिय छन्। उनी बदिया भाले पालन गरेर वार्षिक डेढदेखि साढे दुई लाख रुपैयाँसम्म बचत गर्न सफल भएका छन्।

राजनले २०७५ सालदेखि बदिया भाले पालन व्यवसाय सुरु गरेका हुन्। सुरुवातदेखि नै यसलाई निरन्तरता दिँदै आएका उनले अहिले वर्षमा एक सयभन्दा बढी बदिया भाले उत्पादन तथा बिक्री गर्दै आएका छन्।कलेजमा अध्यापन गराउने राजनले आफ्नो खाली समयलाई सदुपयोग गर्दै परिवारको सहयोगमा यो व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत ग्राहकबाट अर्डर लिने गरेका छन्। विशेषगरी चाडपर्व र जाडोयाममा बदिया भालेको माग बढी हुने गरेको उनको अनुभव छ।

शिक्षण पेसाबाट प्राप्त हुने आम्दानीसँगै बदिया भाले पालनबाट हुने बचतले उनलाई थप आर्थिक रूपमा सबल बनाएको छ। थोरै लगानी र मेहनतबाट पनि व्यावसायिक रूपमा अघि बढ्न सकिन्छ भन्ने उदाहरण राजनले प्रस्तुत गरेका छन्।

दाङमा पछिल्लो समय बदिया भाले पालनप्रति किसानको आकर्षण पनि बढ्दै गएको छ। जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रुपमा बदिया भाले पालन गरिरहेको छन्।

तपाईंको प्रतिक्रिया