भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

 भदौ २०, २०७८

काठमाडौं । भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । आइतबार दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् ।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा लामा, डाँगी र श्रेष्ठले मौका पाएका हुन् । पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

तपाईंको प्रतिक्रिया