इपिएलकाे उपाधि चितवन टाइगर्सले जित्यो

 असोज २३, २०७८

काठमाडौं । भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि जितेको छ । शनिवार टियु मैदामा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

यो सँगै विजेताले चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गर्नेछन् । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

तपाईंको प्रतिक्रिया