टि-२० विश्वकप: भारतको सेमिफाइनल यात्रा कठिन

 कार्तिक १५, २०७८

न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो लज्जास्पद हारसँगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना उच्च बढेको छ ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४।३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । भारतले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । भारतले बाँकी तीनै खेलमा विजयी हुँदा पनि ६ अंक हुनेछ । अव भारतको सेमिफाइनल यात्रा न्युजिल्यान्डको नतिजामा भर पर्नेछ । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

न्युजिल्यान्डले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । तीनै खेलमा विजयी भएमा न्युजिल्यान्ड सोझैं सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान सुरुवाती तीन खेलमा तीनमा जितका साथ सेमिफाइनल पक्कानै बनाएको छ । औपचारिकता बाँकी छ । अफगानिस्तानले भारत र न्युजिल्यान्डसँग खेल्नेछ । जसले गर्दा अफगानिस्तानको सम्भावना भने कठिन देखिन्छ ।

तपाईंको प्रतिक्रिया