एशेज शृङ्खलाकाे चाैथाे टेस्ट राेमाञ्चक बराबरीमा सकियाे

 पुष २५, २०७८

काठमाण्डौ । एशेज शृङ्खलाको चौथो टेस्ट क्रिकेट रोमाञ्चक बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट गुमाएर दुई सय ७० रनमात्रै बनायो ।

खेल सकिन तीन ओभर बाँकी रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ल्यान्डको नवौँ विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर बाँकी दुई ओभरमा अस्ट्रेलियाले एक विकेट लिन नसकेपछि खेल बराबरीमा सकियो । तेस्रो टेस्टमा शतक प्रहार गरेका अस्ट्रेलियाका उसमान ख्वाजाले चौथो टेस्टमा पनि शतक प्रहार गर्न सफल भए । पाँच खेलको शृङ्खला अस्ट्रेलियाले यसअघि नै तीन–शून्य ले जितिसकेको छ । अब यी दुईबीचकाे पाँचाैँ तथा अन्तिम टेस्ट जनवरी १४ देखि हाेबार्टमा सुरु हुनेछ । 

तपाईंको प्रतिक्रिया