प्रधानमन्त्री टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम, लुम्बिनी, एपीएफको जित

 पुष २९, २०७८

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलहरूमा सुदुरपश्चिम, लुम्बिनी र एपीएफले जित हात पारेको छ । त्रिवि किक्रेट मैदानमा आज भएको खेलमा समूह ‘ए’ अन्तर्गतसुदुरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै जित हात पारेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ दशमलव १ ओभरमा अलआउट हँुदै १ सय ६ रन मात्रैबनाउन सक्यो । यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले जित हात पारेको छ । प्रदेश २ लाई ४२ रनले हराउँदै लुम्बिनीले जित हात पारेको हो । आजै भएको अर्को खेलमा गण्डकी प्रदेशलाई २ रनले हराउँदै एपीएफले जित हात पारेको छ ।मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नं. १ बीचको खेल भने स्थगित भएको छ ।

तपाईंको प्रतिक्रिया