दाङमा ५८ संक्रमित थपिए, दंगिशरणमा पहिलोपटक २ जनामा कोरोना पुष्टि

 असार १५, २०७७

तुलसीपुर,१५ असार ।
दाङमा आज ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, राप्ती गाउँपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगिशरण गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

यसैविच राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एक महिला स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै, नेपाली सेनाको रिपूमर्दन गणका दुई जनामा पनि कोरोना देखिएको छ । दुई साता पहिले भारतबाट घोराहीमा शब ल्याई व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ६८ जना पुगेको छ ।

तपाईंको प्रतिक्रिया