यी पाँच क्रिकेटरले भारतमा ट्रेनिङ गर्ने
तुलसीपुर । नेपालका पाँच युवा क्रिकेटरले भारतमा उच्चस्तरीय क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पाँच युवा खेलाडीहरुलाई भारतको बैंग्लोरमा ट्रेनिङ गर्ने व्यवस्था मिलाएको हो ।
लोकेश बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमललाई क्यानले दुई हप्ता उच्चस्तरीय परीक्षणका लागि भारत पठाउन लागेको हो । खेलाडीहरु शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरुले त्यहाँस्थित जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्ने क्यानले जनाएको छ । युवा विकास कार्यक्रम अन्तर्गत क्यानले खेलाडीलाई भारत पठाएको हो ।




तपाईंको प्रतिक्रिया