पलका म्यानेजर पनि प्रहरी नियन्त्रणमा

 फागुन २७, २०७८

तनहुँ । नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागी जोशीलाई करबि २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।

जिल्ला अदालतले जोशीमाथी पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । नबालिगलाई जबरजस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् । अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ । पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया