आइपिएलमा दुइ खेल हुदै

 चैत १३, २०७८

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा कोलकाताले चार पटकको विजेता चेन्नईलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

१ सय ३२ रनको विजयी लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा ओपनर तथा अनुभवी खेलाडी अजिक्या रहाणेले ३४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४४ रनको योगदान दिए ।

चेन्नईले अव ३१ मार्चमा लखनऊ सुपर जायन्ट्सविरुद्ध खेल्नेछ । कोलकाताले ३० मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । आइतबार दिउँसो दिल्ली क्यापिटल्स र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ । साँझ पन्जाब किंग्स र बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईंको प्रतिक्रिया