आइपिएलमा आज बेंगलोर र चेन्नई भिड्दै

 बैशाख ०४, २०८०

इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा हुनेछ । चेन्नईको कप्तानी महेन्द्रसिंह धोनी र बेंगलोरको फाफ डु प्लेसिसले गर्नेछन् । चेन्नई ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।

बेंगलोर ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण सातौं स्थानमा छ । चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग विकेट विकेटले पराजित भएको थियो ।

तपाईंको प्रतिक्रिया