तुलसीपुर – ११ वडाध्यक्ष कप: अमर मावि र राेयल उरहरीकाे विजयी सुरुवात

 बैशाख १२, २०८०

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा सञ्चालित वडाध्यक्ष कपमा वडाध्यक्ष कपमा माेतिपुर र अमर मावि ए टिमले विजयी सुरुवात गरेका छन । आज विहान भएको पहिलो खेलमा मोतीपुरले १ का विरुद्ध २ गोल गर्दै बेलटाकुरालाई हराएको हाे ।

यस्तै आज विहान नै भएको अर्को खेलमा अमर माविको ए टिम विजयी भएको छ । सुकौरालाई ४–० गोल अन्तरले अमर मावि विजयी भएको हो ।

उल्लेख दर्शककाे सहभागीता रहेको खेलमा अमर मावि सुरु देखि नै हावि भएको थियोे । त्यसैगरी आज दिउँसाे भएका खेलमा राेयल उरहरीले उरहरीकाे चाैधरी टिमलाई २-० ले हराएको छ । अर्को खेलमा उरहरी लेजेण्डलाई नवलपुरले १-० ले विजयी भएको हाे ।

बैशाख १५ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले मेडल सहित नगद २५ हजार, दोस्रो हुनले १५ हजार रुपैया प्राप्त गर्नेछन । प्रतियोगितामा वडाका १४ टिमको सहभागिता रहेको छ । वडास्तरमा खेलकुदकाे विकास गर्ने उद्देश्यले वडाध्यक्षकपकाे निरन्तरता दिदै आएको वडाध्यक्ष मान बहादुर  रावतले बताएका छन ।

तपाईंको प्रतिक्रिया