११ नम्बर वडाध्यक्ष कपकाे उपाधि बेलगनारलाई
तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ को आयोजनामा सञ्चालित वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उपाधि बेलगनारले चुमेको छ । फाईनलमा नवलपुरलाई ३–१ गोलको अन्तरले हराउदै उपाधि चुमेको हो । उल्लेख्य दर्शकहरुको उपस्थिती रहेको अमर माविको खेल मैदानमा पहिलो हाफ १–१ को बराबरीको अवस्थामा रहेको थियो ।
दोस्रो हाफमा बेलगनारले थप दुई गोल गरेको थियो । नवलपुरबाट राम्रा अवसरको सदुपयोग हुन सकेको थिएन । बेलगनारले सेमिफाइनलमा अमर मावि बि टिमलाई २-१ ले हराएको थियोे । यस्तै नवलपुरले अमर मावि ए टिमलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराएको थियोे ।
उपाधी सगैं बेलगनारले कप मेडल प्रमाण पत्र सहित नगद २५ हजार प्राप्त गरेको थियो । यस्त दोस्रो स्थानमा चित्त बुझाएको नवलपुरले कप मेडल प्रमाण पत्र सहित नगद १५ हजार प्राप्त गरेको थियो ।
यसैविच समापन अवसरमा खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।

समापन अवसरमा बोल्दै नगर प्रमुख खड्काले खेल क्षेत्रबाट राष्ट्रलाई चिनाउने सकिने भएकोले सिमित श्रोतसाधनको प्रयोगबाट खेल क्षेत्रको विकास लागेको बताएका थिए । तुलसीपुर हरेक वडाहरुमा खेलमैदानको ब्यवस्थापन सगैं खेलाडी उत्पादनको निमित्त प्रतिबद्ध रहेको समेत बताएका थिए । प्रतियोगिताको समापन अवसमा उत्कृष्ट खेलाडी नवलपुरका नविन केसी र उत्कृष्ट गोलकिपर बेलगनारका शुसिल चौधरीलाई नगद २/२ हजार पुरस्कार प्रदान गरिएको थियो ।
वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन । बैशाख ११ गते बाट सुरु भएको प्रतियोगितामा वडाका १४ टिमको सहभागिता रहेको थियो ।




तपाईंको प्रतिक्रिया