आइपिएलमा मुम्बई र गुजरात भिड्दै

 जेठ १२, २०८०

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायर खेलमा आज पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ७ : ४५ मा सुरु हुनेछ। मुम्बईको रोहित शर्मा र गुजरातको हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् । रोहितको कप्तानीमा चार आइपिएल उपाधि मुम्बईबाट जितेका जितेका हार्दिक पान्ड्या आज भने हराउने लक्ष्यमा हुनेछन् । यस खेलको विजेताले आइतबार फाइनलमा चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

चेन्नईले पहिलो क्वालिफायर खेलमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । यता मुम्बईले भने एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । मुम्बई पछिल्लो समय लयमा देखिएको छ ।

तपाईंको प्रतिक्रिया