आँखा पाक्ने रोगका कारण गढवाका विद्यालय बन्द
तुलसीपुर । आँखा पाक्ने रोग फैलिए सगैं विद्यालयहरु बन्द हुन थालेका छन । यसैक्रममा दाङको गढवा गाउपालिकाका विद्यालयहरु २८ गते सम्मका लागि बन्द गरिएको छ । वालवालिकामा आँखा पाक्ने समस्या दिन प्रतिदिन बढ्दै गएको हुदा जोखिम न्युनिकरण गर्न विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख श्याम बहादुर विकले जानकारी दिएका छन ।
आज एक सुचना जारी गरि संस्थागत विद्यालयहरुलाई २८ गते आईतवारसम्मका लागि बन्द गरिएको शिक्षा अधिकृत विश्वकर्माले बताए । सामुदायिक विद्यालयमा भने २८ गते सम्म बर्षे विदा रहेकोले बन्द छन । विद्यार्थी तथा शिक्षकहरूमा समेत आँखा पाक्ने रोग देखिए सगैं नफैलियोस् भनेर विद्यालय बन्द गरिएको हो ।




तपाईंको प्रतिक्रिया