तुलसीपुरमा एक शिक्षिकाको मृत्यु

 साउन २२, २०८०

तुलसीपुर । तुलसीपुरमा एक शिक्षिकाको मृत्यु भएको छ । उपमहानगरको वडा नम्बर १० स्थित मा.वि.पातुबनगाउमा कार्यरत ३६ बर्षिय सिमा बुढाथोकीको उपचारको क्रममा आज मृत्यु भएको हो । उनि केहि समय अघि मात्रै पशुपती मावि हरीपौरीबाट काज सरुवा भई पातुबनगाउ गएकि थिईन ।

विद्यालयमा हाजिर भएको केहि दिनपछि आफु निमोनियाबाट ग्रसित भएको बताएको विद्यालयका प्रधानाध्यापक महेश न्यौपानेले जानकारी दिएका छन । उनि मावि राहत अंग्रेजी शिक्षकका रुपमा कार्यरत थिईन । हाल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको जानकारी आएको उनले बताएका छन । उनी पश्चिम शान्तिनगर निवासी माेहन बुढाथोकीकि जीवन सङ्गिनि हुन ।

तपाईंको प्रतिक्रिया