भाइको कोठामा बोलाएर युवतीलाई बलात्कार

 भदौ ०५, २०८०

दाङ । दाङमा २१ वर्षीया युवतीलाई भाइको कोठामा बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया