नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु
बाँके । छाडा चौपाया गाई सङ्ग मोटरसाइकल ठोकिएर नेपालगञ्जमा एकजनाको मृत्यु भएको छ । राजापुर नगरपालिकाका प्रदिप थारु सवार लु ८२ प ६४६८ नम्बर मोटरसाइकल राति करिब १०:३० बजेको समयमा छाडा गाईमा ठोकिएर घाइते भएका थिए ।
उनको तत्काल उद्धार गरि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुर्याइएको थियो । उनको उपचारको क्रममा रातिनै मृत्यु भएको बाँकेका प्रहरी प्रबक्ता डीएसपी नारायण डांगीले जानकारी दिए ।




तपाईंको प्रतिक्रिया