कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

 साउन २७, २०७७

साउन, २७ ।

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या दुई करोड भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म दुई करोड १४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिठ–१९ बाट विश्वभर हालसम्म सात लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५० लाख ८९ हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख ६३ हजार चार सय भन्दा बढीको ज्यान गएको छ । यस्तै ब्राजिलमा ३० लाख ५७ हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख एक हजार सात सय भन्दा धेरैको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या २२ लाख १५ हजार भन्दा बढी रहेकोमा ४४ हजार तीन सय ८६ जनाको ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया