एमालेको ‘जागरणसभा’ आज
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले काठमाडौंमा आज ‘जागरणसभा’ गर्दैछ । एमालेले सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएपनि पछि दरबारमार्गमा आयोजना हुने गरी सभास्थल सारेको छ । जागरणसभामा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर दरबारमार्गमा पुग्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।
सामाजिक सद्भाव, सुशासन, समृद्धि तथा विकासको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको एमालेले जनाएको छ । उता, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले पनि आजै काठमाडौंमा सभा गर्ने घोषणा गरेको थियो । तर, साइबर क्राइम मुद्दामा प्रसाईंलाई भने प्रहरीले पक्राउ गरेको छ ।




तपाईंको प्रतिक्रिया