पूर्व वडाध्यक्ष भण्डारीको निधन

 मङि्सर १०, २०८१

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१ का पूर्व अध्यक्ष लक्ष्मण भण्डारीको मृत्यु भएको छ । लामो समयदेखि पेट र कलेजोको उपचार गराईरहेका भण्डारीको सोमबार विहान साढे ५ बजेतिर मृत्यु भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचिन भएका थिए ।

तुलसीपुर १ भमके निवासी ५५ बर्षीय भण्डारी २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार थिए । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार हुमकान्त सापकोटासंग पराजित भएका थिए ।

तपाईंको प्रतिक्रिया