एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो

 पुष १०, २०८१

 काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । ती नेताका अनुसार स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

तपाईंको प्रतिक्रिया