सिटिजन्स बैंकले विद्यालयलाई दियो ५० थान कुर्सी

 पुष १७, २०८१

तुलसीपुर । तुलसीपुर स्थित सिटिजन्स बैंकले एक विद्यालयलाई प्लाष्टिक कुर्सी सहयोग गरेको छ । बैंकले वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयलाई ५० थान कुर्सी सहयोग गरेको हो । बैंकले एक कार्यक्रमका विच आज विद्यालयलाई हस्तान्तरण गरेको हो । कुर्सी हस्तान्तरण गर्दै बैंकका प्रबन्धक घनश्याम भण्डारीले सामाजिक उत्तरदायित्व अन्र्तगत कुर्सी सहयोग गरेको बताए ।

सामुदायिक विद्यालयमा आफ्नो सहयोगले सहजता होस भनेर सहयोग गरिएको उनले बताए । विद्यालयको लागि आवस्यक कुर्सी सहयोग गरेकोमा प्रधानाध्यापक पदम बहादुर वलीले धन्यवाद ब्यक्त गरेका थिए । अब सभाहलका बस्न र कार्यक्रम सञ्चालन गर्दा सहजता हुने प्रधाध्यापक वलीले बताए । त्यस अवसरमा बैंकका सहायक प्रबन्धक तिलक गौतम, शिक्षक निर्मल कुमार वली लगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया