अमर स्काउट ट्रुप दीक्षान्त सम्पन्न
तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयमा अमर स्काउट ट्रुप उरहरीको प्रथम धर्मसभा तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा धर्मसभाको लागि विभिन्न स्काउटका प्याट्रोलहरुले प्रार्थना गर्नुका साथै पूजा गरेका थिए ।
कार्यक्रममा स्काउटका संरक्षक विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले स्काउटले बालबालिकामा अनुशासित बनाउन थप मद्दत पुगेको बताएका थिए । त्यसैगरी स्काउट प्रशिक्षक उमा गौतमले स्काउटको बारेमा प्रस्तुती गर्नुभएको थियो भने दीक्षान्त समारोह गर्ल्स स्काउटलाई ब्याज स्काउटर शिक्षक शुष्मा भण्डारीबाट भएको थियो ।
स्काउट शिक्षक आनन्द खड्काले स्काउटको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्काउटर शिक्षक शुष्मा भण्डारीले गर्नुभएको थियो ।




तपाईंको प्रतिक्रिया