एमालेको जनसभाको तयारी पूरा, चार स्थानबाट र्याली निकालिने
तुलसीपुर । नेकपा एमालेको आयोजनामा भोली हुने बृहत् जनसभाको तयारी पूरा भएको जनाएको छ । सभाका लागि मञ्च व्यवस्थापन,स्वंयसेवक परिचालन,माईक तथा साउण्डसिस्टम व्यवस्थापन,प्रचारप्रसार,यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भैसकेको छ । प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा वलीको उपस्थितिमा जिल्ला समन्वय समितिको मञ्चमा हुने सभामा करिव ५० हजार जनताको सहभागिता हुने एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउनु भनेको यहाँका जनताले अवसर र उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिदै सहभागिताका लागि सम्पूर्ण दंगाली जनताहरुलाई आग्रह गर्नुभयो । जनसभा अघि घोराहीका चार वटा क्षेत्रबाट बिभिन्न संस्कृति झल्कने झाँकी सहितको रर्याली निकालिने एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयोजक मनोहर बुढाथोकीले जानकारी दिनुभयो । त्यसका लागि पूर्वतर्फ ट्राफिक चोक,दक्षिण तर्फ नेत्रलाल पार्क गुलरियाबाट,उत्तर तर्फ सभाहलबाट र पश्चिम तर्फ रतनपुर चोकमा जम्मा गरेर बृहत् र्र्याली निकालिनेछ ।
दिउसो १२ बजेदेखी र्याली दामोदर चोकमा एकीकृत भएर सहिद गेट हुँदै सभास्थलमा पुग्नेछ । सभामा उपस्थित हुनका लागि पार्टीको वडा कमिटी मार्फत प्रत्येक घरघरमा निमन्त्रणा समेत गरिसकेको र सयौ गाडी माफर्त हजारौ जनता सभामा सहभागी हुने एमाले दाङका सचिव श्याम डागीले जानकारी दिनुभएको छ । सचिव डाँगीले समग्र दाङको विकासका लागि एमाले दाङले जनसभाको आयोजना गरेको पनि जानकारी दिनुभयो । सभालाई व्यवस्थित बनाउन करिव ३०० जना स्वयंसेवक परिचालन गरिने युवा स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुदन केसीले जानकारी दिनुभयो ।




तपाईंको प्रतिक्रिया