उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठ व्रत सकियो

 २३ घण्टा अगाडि

काठमाडौ । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ । हिजो आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि ब्रत पूरा भएको छ ।

छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो देखीएको छ । छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ । यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।

तपाईंको प्रतिक्रिया