दंगिशरणमा एक वडा, एक उद्यम कार्यक्रम प्रभावकारी बन्दै

 कार्तिक ०१, २०७७

तुलसीपुर ।

पश्चिम दाङको दंगीशरण गाउँपालिकाले युवाहरुलाई स्वरोजगारमुखी बनाउन एक वडा एक उद्यम कार्यक्रमलाई अघि सारेको छ । युवाहरु विदेसिने क्रमलाई रोकि गाँउमै उद्यमी बनाउन यो कार्यक्रम अघि सारीएको गाँउपालीकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिएका छन । यो कार्यक्रम मार्फत गाउँपालिकाले विना ब्याज ५ लाख रुपैया कर्जा उपलब्ध गराउने गर्दछ । यसैक्रममा वडा नम्बर ५ बालापुरमा युवाहरु मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन ।

एक वडा , एक उद्यम कार्यक्रम अन्तरगत गाउँपालिकाबाट ५ लाख कर्जाबाट सो डेरी सञ्चालनमा आएको हो । गाउँपालिकाले प्रत्येक वडामा फरक फरक व्यवसाय वा उद्यम गर्ने र युवाहरुलाई कर्जा उपलब्ध गराउदै आएकोृ छ । राष्ट्रिय युवा परिषद् द्धारा सुरुमा यो कार्यक्रमलाई दंगीशरण ६ नम्बर वडामा कुखुरा फर्म, २ नम्बर वडामा तरकारी खेती र यो बर्ष डेरी व्यवसाय कार्यक्रमका लागि गाउँपालिकाले सहयोग गरेको हो ।

यसैविच,युवा जागरण जनकृषि समुहका अध्यक्ष प्रविण योगीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी प्रमुख आतीथ्यमा डेरी उद्योगाको उद्घाटन भएको छ । कार्यक्रममा ५ नम्बर वडाका वडा अध्यक्ष दिपक गौतम, नेकपा जिल्ला कमिटी सदस्य एम.एन शाह , नेकपा वडा कमिटी अध्यक्ष मोहनलाल गिरी, युवा नेता कमल वलि, नेता चुडामणि योगी, गाउँपालिका स्तरीय युवा क्लब संजालका अध्यक्ष सिएम विश्वकर्मा लगायतले बोल्नुभएको थियोे ।

सीता गिरीको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रम सहजिकरण समुहका सचिव विनोद चौधरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया