चितुवाको छाला र अफिमसहित दुई युवक पक्राउ

 कार्तिक २६, २०७७


दाङ ।
दाङमा चितुवाको छाला र ४ किलो अफिमसहित दुई युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय धनसिंह टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोप्य सूचनाको आधारमा मंगलबार राति ८ बजेतिर दुई युकवलाई घोराही ८ बन्गाउँ क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट ६ फिट ११ इञ्च लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको हो ।

उनिहरु माथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाएर कारबाही अगाडि बढाउने तयारी प्रहरीले गरेको छ ।

तपाईंको प्रतिक्रिया