राष्ट्रिय योग दिवस आज

 माघ ०१, २०७७

काठमाडौं ।

आज पाँचाैं राष्ट्रिय योग दिवस । सरकारले योगमा नागरिकलाई प्रोत्साहित र अभ्यस्त गर्न यस वर्षका लागि ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’ भन्ने नारासहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ । राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमालय क्षेत्रमा प्राचीन योगी ऋषि महर्षीले दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योग बिद्या अहिले पनि उत्तिकै नवीन, सान्दर्भिक र जीवन जगतका लागि उर्जाप्रदायक रहेको बताएका छन् ।

सरकारले २०७२ सालदेखि राष्ट्रिय योग दिवस मनाउन थालेको हो । अन्तर्राष्ट्रिय रुपमा भने जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । दिवशका अवसरमा दाङमा पनि विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैछन ।

तपाईंको प्रतिक्रिया